विराटनगर

प्रदेश १ बाट ८ हजार बढीको परीक्षण

विराटनगर, २४ वैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ हजार ७ सय ७३ छ ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् । ७ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ३ सय ५९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले विभिन्न ३ सय ११ स्थानमा ५ हजार ४ सय १४ बेडको व्यवस्थापन गरेको छ । आइसोलेसन बेड संख्या ४ सय ४९ छ । यसैगरी आईसियूको संख्या ४४ छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *