समाचार

प्रदेश १ का प्रमुखद्धारा प्रदेश सभाको बैठक आह्वान

विराटनगर, ६ जेठ । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभाको बैठक आगामी जेठ १४ का लागि आह्वान गर्नुभएको छ ।प्रदेश १ को छैठौं तथा वजेट अधिवेशन जेठ १४ गते दिउँसो २ वजेका लागि प्रदेश प्रमुख अधिकारीले आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्षे अधिवेशन आह्वानसँगै प्रदेश सरकारलाई आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *