समाचार

प्रदेश प्रहरी सम्बन्धको विधेयक प्रदेश सभामा पेश

विराटनगर, २३ असार । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेश भएको छ ।

आजको बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्नुभएको हो । प्रदेशसभामा पेश गरिएको विधेयकमाथिको सैद्धान्तिक छलफल पनि आजैदेखि सुरू भएको छ ।

छलफलमा भाग लिंदै नेपाली कांग्रेस संसदीयका प्रमुख सचेतक केदार कार्कीले सरकारले पेश गरेको विधेयक संघीय सरकारको निर्देशिका जस्तो भएको टिप्पणी गर्नुभएको छ । कार्कीले विधेयक नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तो भएको बताउनुभयो ।

कार्कीले संविधानलाई नै लत्याउने गरी प्रदेश प्रहरी विधेयक ल्याएइएको आरोप लगाउनुभयो । हेर्दा दुई तिहाइको प्रदेश सरकार भए पनि संविधानले प्रदान गरेको अधिकार जनतालाई दिनप्रदेश सरकार डराइरहेको कार्कीले बताउनुभयो ।

सरुवा बढुवा गर्ने भनिए पनि संघिय सरकारका मन्त्रीलाई सनक चढे बढुवा हुन लागेकालाई पनि अर्को प्रदेश पुर्याउन सक्ने भएकाले प्रदेश सरकारले गर्ने बढुवा पनि रोकिने स्थिति रहेको कार्कीले बताउनुभयो ।

छलफलमा सांसद विमल कार्कीले प्रहरीलाई न्याय गर्ने हिसावमा विधेयक आएको दाबी गर्नुभयो । विधेयकले सुगममा प्रहरी थुप्रने र दुर्गममा प्रहरी नै नहुने अवस्था पनि अन्त्य गरेको कार्कीको भनाइ छ ।

कार्कीले विधेयकमा प्रदेश प्रहरी पशिक्षण प्रतिष्ठानको पनि व्यवस्था गर्न आग्रह गर्नुभयो । यस्तै प्रदेश प्रहरी प्रमुख यही ऐनअनुसार बनाउन, प्रदेश प्रहरी प्रमुख प्रदेश सरकारले नै नियुक्ती गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

छलफलमा सांसद बुद्धिकुमार राजभण्डारी, राजकुमार ओझालगायतले धारणा राख्नुभएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *