समाचार

प्रदेश नं १ का विभिन्न नाकाबाट १८ हजार २ सय ९९ जना भारत फर्किए

विराटनगर १ असार । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् ।नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका छन् ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार जेठ ३२ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्किएका हुन ।

यसैगरी नेपालबाट भारत जानेहरुमा इलामबाट २ जना झापाबाट १५ हजार ७ सय १२ र मोरङबाट २ हजार ८ सय ८५ जना रहेकाछन् । प्रदेश १ मा सबैभन्दा बढी झापाको काकडभिट्टाको पानीटयांङकी नाका र त्यसपछि मोरङको विराटनगर जोगबनी नाकाबाट मानिसहरु आउनेजाने गरेको बताइएको छ ।

मुख्य चारवटा नाकाबाट नेपालीहरुभन्दा ८ हजार ९९ सय ३० जना बढी भारतीयहरु भारततर्फ गएका हुन् । भारतबाट फर्कनेहरुलाई प्रदेश मातहतका होल्डिङ एरियामा राखेर तापक्रम जाँचगरी सम्बन्धित जिल्ला मार्फत स्थानीय तहसंगको समन्वयमा पठाउने गरिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *