समाचार

प्रदेश नंं १ मा ३ हजार बढीको स्वाव संकलन

विराटनगर, ३ जेठ । प्रदेश नंं १ मा कोरोना भाईरसका शंकास्पद ३ हजार बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म ३ हजार ११ जनाको स्वाव संकलन गरिएको छ ।

८ सय ८९ महिला र २ हजार १ सय १२ पुरुष गरि ३ हजार ११ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वाव संकलन गरिएका मध्ये प्रदेश नं. १ मा ३६ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

७ सय ८२ महिला र १ हजार ९ सय ३८ पुरुष गरि २ हजार ७ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ९ हजार १ सय ८६ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका मध्ये २५ जनाको पोजेटिभ रिपोर्ट आएको छ । ९ हजार १ सय ६१ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *