प्रदेश १ मुख्य समाचार विराटनगर

पूर्वाञ्चल विश्वविद्यालयको ताला खुल्यो

विराटनगर, २९ फागुन । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको कार्यालयमा विद्यार्थी संगठनले लगाएको तालाबन्दी आज खुलेको छ ।

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले करिव ६ महिना अघि लगाएको ताला खुलेको हो ।

नवनियुक्त उपकुलपति प्रा.डा.यादवराज कोइरालाले विद्यार्थी संगठनको माग पुरा गर्नका लागि कला, शिक्षा तथा कानून संकाय डा. डिन सम्भु कोइराला संयोजकत्वमा वार्ता समिति गठन गरेपछि नेविसंघ ताला खोल्न सहमत भएको छ । नेविसंघले अघि सारेका माग संवोधनका लागि निरन्तर वार्ता गर्ने सहमति वार्ता समितिसँग भएको नेविसंघका पुर्व सहमहामन्त्री कृष्ण कार्कीले बताउनुभयो ।

वार्ता समितिमा प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठ र कर्मचारी संघका सभापति राजकुमार सापकोटा सदस्य रहनु भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले आवस्यकता भन्दा बढी प्राध्यापक माग गरेको भन्दै तालावन्दी गरेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले भने सेवा आयोग अध्यक्ष विहिन रहेको र पूर्वाञ्चल विश्वविद्यालय कार्यकारीले सेवा आयोगले माग गरे अनुसारको प्रकृया अघि नबढाउने बताएपछि तालाबन्दी खोलीएको अनेरास्ववियूका केन्द्रिय सदस्य गोकर्ण घिमिरेले बताउनुभयो ।

विद्यार्थी संगठनको तालाबन्दीका कारण कायममुकायका रुपमा उपकुलपतिमा नियुक्त हुनु भएका डा.विजुकुमार थपलियाले उपकुलपतिको कार्यालयमा प्रवेश नै गर्न पाउनु भएको थिएन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *