समाचार

पत्रकार कमल पौडेललाई सहयोग जुट्दै

विराटनगर, १६ फागुन । ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका सम्पादक कमल पौडेलको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । लायन्स क्लब विराटनगर एक्टिभले आज बिहान ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

मकालु टेलिभिजनको हलमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका प्रोडक्सन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तराण गर्नुभयो । चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गर्नुभयो ।

सम्पादक पौडेलको उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितले जानकारी दिनुभयो । यसै रकम संकलनका क्रममा मकालु टेलिभिजनले विराटनगरस्थित प्राइम कमर्सियल बैंकमा मकालु मिडियाको नामममा ०२०००८२१ सिए खाता सञ्चालनमा ल्याएको छ ।

सो खातामा समेत रकम संकलन हुन थालेको छ । त्यसैगरि,अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाजका साथै क्यानडा, युरोप, अमेरिका, जापान, हङकङलगायतका मुलुकमा रहेका नेपालीहरुबाट पनि सहयोग संकलन हुने क्रम जारी छ ।

पौडेलको उपचारका लागि मकालु टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाले सञ्चालन गरेको खातामा समेत रकम जम्मा भइरहेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *