समाचार

नेपालमा १३ हजार ५ सय ६४ संक्रमित

विराटनगर, १६ असार । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) ३ सय १६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या आजसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् ।

आज सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । आज २ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ । आज झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १, कनकाईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ ।

प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *