समाचार

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

विराटनगर, १४ असार । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, उदयपुर ६, झापामा २, इलाम र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको सुनवर्षीमा १६ पुरुष, एक महिला, उदयपुरको कटारीमा ३ महिला, २ पुरुष, झापाको हल्दिबारीमा २ महिला, सुनसरीको इनरुवामा १ पुरुष र इलामको माईमा १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ६० पुगेको छ ।

प्रदेश १ मा आज झापाको कचनकवलका १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *