प्रदेश १ विराटनगर

निर्मलीकरण अभियानको शुरुवात

विराटनगर , १२ चैत । विराटनगर महानगरपालिकाले कोशी अस्पताल बिराटनगर बाट निर्मलीकरण अभियान शुरु गरेको छ ।नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको हो ।

महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशि अस्पताल वाट शुरुवात गरिएको हो ।

नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने बिराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनु भयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *