विराटनगर

दुई दर्जनबढी मजदुर एउटै घरमा

विराटनगर, २७ चैत । रायमाझी र भिमेश्वर जेभी भक्तपुरका ठेकेदारले कोरोनाको संक्रमणको जोखिमको समयमा दुई दर्जनबढी मजदुरलाई मोरङको रंगेलीमा एउटै घरमा राखिएको फेला परेको छ ।

कोरोनाको नियन्त्रणका लागि सरकारले दुई सातदेखि देशैभर लकडाउन गरेपछि मजदुरहरु आफ्नो घर जान पाएका छैनन् । मोरङको धनपालथान ५ कद्माहा चोकदेखि उत्तर हुदै गडिघाट्टा, फुटानि चोक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जोडन्का लागि सडक निर्माणको काम रायमाझी जेभीले गरिरहेको छ ।

उक्त आयोजनामा ईलामका ३ जना सर्लाही का १५ दाङका ८ झापाका १ र सल्यानका १ जना गरी ३५ जना मजदुर काम गरिरहेका थिए । आयोजना जारी रहदा लकडाउनभएपछि एउटै घरमा अहिले २८ जनालाई राखिएको छ । आफूहरुका लागि राम्रो बस्ने तथा खानाको समेत ब्यवस्था नगरिएको मजदुरहरुले बताएका छन ।

आयोजनाका ठेकेदार रामकाजी केसीले भने मजदुरलाई उनीहरुको घर पठाउन नसक्दा एकैघरमा राख्नुपरेको स्वीकार गर्नुभयो । उहाँले मजदुरहरुलाई घर पुर्याउनका लागि नगरपालिका देखि सिडियो कार्यालयसम्म सवारी पास मागेता पनि पास नदिएपछि मजदुरहरुलाई घर पठाउन नसकिएको बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *