समाचार

झी पुच : विराटनगरद्धारा सत्यमोहन जोशी सम्मानित

विराटनगर, ४ फागुन । झी पुच ः विराटनगरले संस्कृतिकविद्, सत्यमोहन जोशीलाई सम्मानित गरेको छ । काठमाण्डौंमा आयोजित कार्यक्रममा जोशीलाई नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सम्मानित गर्नुभयो । झी पुच ः विराटनगरका संरक्षक एवं समाजसेवी विराटनगरका सुर्दशनबहादुर श्रेष्ठले स्थापना गर्नुभएको सुर्दशन कपिला सिरपाद्धारा सम्मानित गरिएको हो । उहाँलाई नगद २ लाख रुपैयाँ सहित सम्मानित गरिएको हो ।

सुर्दशन कपिला सिरपा २÷२ वर्षमा प्रदान गर्ने गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम राष्ट्रपति डा.रामवरण यादव, मल्ल के सुन्दर, रश्मिला प्रजापति लगायतले सम्मानित व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीको व्यक्तित्वबारे बोल्नु भएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *