प्रदेश १

झापा कारागारमा साबुन र स्यानिटाइजरको अभाव

विराटनगर, २६ चैत । कोरोना भाइरसको त्रासले झापा कारागार भद्रपुरमा रहेका कैदीबन्दीमा मास्क, हातधुने साबुन र स्यानिटाइजरको अभाव देखिएको छ ।

झापा कारागारका कैदीबन्दीमा उक्त स्वास्थ्य सामानको अभाव देखिएसँगै प्रदेश १ को सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयको ध्यानाकर्षण भएसँगै कैदीबन्दीको स्वास्थ्य अवस्था बुझन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कारागारको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

साथै राज्यमन्त्री गजमेरले कारागारका कैदीबन्दीका मास्क, हातधुने साबुन र स्यानिटाइजर उपल्पध गराउनु भएको छ । मन्त्रालयले कारागारलाई ६० वटा स्यानिटाइजर , ११ सय पिस मास्क, ५ सय ग्लोब्स उपलब्ध गराएको छ ।

कारागारमा स्वास्थ्य सामग्री अभाव भएको सामाचार सञ्चारमाध्यमबाट बाहिरपछि मन्त्रालयको ध्यानाकर्षण भएको राज्यमन्त्री गजमेरले बताउनु भयो । झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना बालबालिका आश्रित रहेका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *