समाचार

झापाको मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने

विराटनगर, ५ असार । प्रदेश नं. १ मा विराटनगरको दुई वटा र सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट भइरहेको कोरोना परीक्षण अब झापाको मेची अस्पतालबाट पनि हुने भएको छ ।

प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको झापाको कचनकबल नजिक रहेको भद्रपुर नगरपालिका स्थित मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने भएको हो । अस्पतालमा पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभालाई जानकारी दिनुभयो ।

प्रदेशसमा पेश भएको अर्थ सम्बन्धि बिधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशमा थप २ हजार पीसीआर ल्याब सञ्चालन गर्ने सरकारको योजनाअनुरूप मेची अस्पतालमा काम अगाडि बढेको जानकारी दिनुभयो ।

अर्काे ल्याब झापाकै दमकमा राख्नेबारेमा छलफल भइरहेको मन्त्री आङ्बोको भनाइ छ । झापाको मेची अस्पतालमा पीसीआर मेसिनसहितको ल्याब राख्न यसअघि देखि नै सो क्षेत्रका सांसद र स्थानीय जनप्रतिनिधिले माग गर्दै आएका छन् ।

भद्रपुरमा ल्याब स्थापना भएमा साविकको मेची अञ्चलभरीका स्वाब संकलन र परीक्षणमा सहजता हुनेछ । प्रदेश १ सरकारलाई तिब्बत सरकारले दुई थान पीसीआर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *