विराटनगर

झापाका युवकको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, ४ वैशाख । प्रदेश १ मा पहिलो पटक झापाका एक युवामा र्यापिड डायग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखिएकोमा स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

एक महिनाअगाडि दुबईबाट आएका झापा हल्दीबारीका युवकको आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । कोशी अस्पतालको रिपोर्टमा उनमा कोरोना भाइरस नदेखिएको उल्लेख छ ।

प्रदेशको सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार र्यापिड टेष्टमा पोजेटिभ देखिएपनि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरमा पिसीआर बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने मन्त्रालयले जनाएको थियो ।

कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गर्दा सबेको नतिजा नेगेटिभ आएको पुष्टि गर्नुभएको छ । आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

पछिल्लो पटर्क यापिड डायग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेशिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *