समाचार

चिकित्सक संघद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, १३ जेठ । नेपाल चिकित्सक संघ, कोशी शाखाले आज विराटनगरका चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरेको छ ।

हिमानी ट्रष्ट को सहयोगमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै विरामीको उपचारमा खटिएका चिकित्सकहरुलाई सो सामाग्री वितरण गरिएको हो ।

शाखाले विराटनगरका अस्पतालहरुमा कार्यरत करिब ४ सय चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरिएको हो ।

सामाग्री वितरणका लागि नेपाल चिकित्सक संघ, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, कोषाध्यक्ष डा. सुनिल रेग्मी र नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीका सदस्य डा. हिमलाल भण्डारीले अस्पतालहरुमा पुगेर सो सामाग्रीहरु प्रदान गर्नु भएको हो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *