समाचार

गैरनाफामूलक संस्था सामुदायिक विकास समाजको वार्षिकोत्सव

विराटनगर , ११ असार । गैरनाफामूलक संस्था सामुदायिक विकास समाजले आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा विश्वशान्तिको कामनासहित पूजापाठ गरि बार्षिकोत्सव मनाएको हो ।

विराटनगर ३ स्थित समाजको कार्यालय परिसरमा आयोजित पुजापाठमा संस्थाका पदाधिकारी र सदस्यहरु सहभागि भएका थिए । कोभिड १९ का कारण विश्वसहित नेपालसमेत आक्रान्त भएको अवस्थामा सरकारले जारी गरेको सुरक्षा सर्तकताका उपायहरु अवलम्बन गर्दै पुजापाठ गरिएको समाजका अध्यक्ष गंगाप्रसाद यादवले बताउनुभयो ।

उहाँले बढी भीडभाड नगरी विश्वशान्तिको कामनासहित कार्यालय परिसरमै पुजापाठ गरि स्थापना दिवस मनाइएको बताउनुभयो । सो अवसरमा पण्डित उपेन्द्रप्रसाद तिम्सिनाले भगवान सत्यनारायणको पुजाआराधना गराउनुभयो ।

सामुदायिक विकास समाजले सुनसरीको कोशी गाउँपालिकासहित दुहबी नगरपालिका र रामधुनी नगरपालिकामा पछिल्लो समय कोभिडबाट स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुको सहजीकरण गर्दै आएको छ ।

यसैगरि प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमका सर्वसाधारणको आयआर्जनमा अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्दै आएको छ । संस्थाको कार्यक्रमहरुबाट २० हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *