समाचार

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

विराटनगर २ असार । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ ।

क्यान्सर रोगबाट ग्रस्त रहनुभएका उहाको गाउँपालिका वडा २ लुक्लास्थित आफ्नै घरमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार घरैमा आराम गरिरहेका उहाको आज बिहान निधन भएको हो ।

जातीय संस्कार सकेर उहाको तीन दिनपछि अन्तिम संस्कार गरिने भएको छ ।क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंस्थित निदान अस्पतालमा उपचार गराइरहेका थिए ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *