समाचार

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

विराटनगर, २२ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला –२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल र्पुयाइएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भन्नुभयोे, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’ कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *