राजनीति

कोरोना रोकथाम कोषमा कांग्रेस सांसदहरु को १५ दिनको पारिश्रमिक

काठमाडौँ ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसद्मा रहेका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेका छन् ।

कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसका संघीय संसद्मा रहेका सांसदहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको छ । कांग्रेसका संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा ६३ जना र राष्ट्रिय सभामा ६ जना सांसद रहेका छन् ।

यसैबिच कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण फैलने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको एक हप्ताका लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको प्रतिक्रीया दिएको छ ।

प्रमुख सचेतक खाणले आज विज्ञप्ति जारी गर्दै सरकारको निर्णय पालन गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।देशको विषम परिस्थितिमा सबै एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न सबैलाई कांग्रेसले अपील गरेको छ

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *