प्रदेश १ विराटनगर स्वास्थ्य

कोरोना रोकथामका लागि प्रदेश १ मा सरकारको काम तिब्र

बिराटनगर ७ चैत । महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिरहेको छ । विश्वका १ सय ६८ राष्ट्र कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । ८ हजार ५ सय बढीको ज्यान गईसकेको छ । भाईरसको रोकथामका लागि विभिन्न प्रयासहरु पनि भईरहेका छन् ।

संक्रमण नफैलिएका र फैलन सक्ने संभावित मुलुकमा वि भिन्न सचेतनामुलक कामहरु सरकारले गरिरहेको छ । कोरोना भाईरसको उच्च जोखिमको सूचीमा रहेको नेपालले पनि पुर्व तयारीका लागि विभिन्न काम गरिरहेको छ । तीनै तहका सरकारले भाईरस रोकथामलाई केन्द्रित गरेका छन् ।

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले चरणबद्ध काम गरिरहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताउनु भयो । कोरोना भाईरसका रोकथामका लागि संघीय, प्रदेश र स्थानीय सरकारले संक्रमणबाट जोगिनका लागि चेतनामुलक कार्यलाई तीव्र पारेका छन् ।

सीमा नाका, विमानस्थलमा हेल्थडेक्स राखेर तापक्रम परिक्षण गर्ने काम भईरहेको छ । विराटनगर महानगरपालिकाले भाईरस रोकथामका लागि चेतनामुलक कामलाई तीव्र पारेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

कोरोना भाईरसको पुर्व तयारी स्वरुप शंखास्पद व्यक्तिको नमूना संकलन देखि लिएर आईसोलेसन वार्डका लागि प्रदेश सरकारले प्रदेशका ६ वटा अस्पताललाई तयारी अवस्थामा राखेको छ ।

कोरोना भाईरसका शंकास्पद विरामीको उपचारका लागि कोशी अस्पतालले छुुटै फिभर क्लिनिक संचालनमा ल्याएको छ भने र छ वटा आइसोलेसन वेड तयारी अवस्थामा राखेको अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *