समाचार

कोरोना भाइरसका कारण विश्वभर ३ लाख २४ हजार ५ सय ५४ जनाको मृत्यु

विराटनगर, ७ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आज विहान सम्म ३ लाख २४ हजार ५ सय ५४ जनाको मृत्यु भएको होे । कोरोना संक्रमितको संख्या ४९ लाख ८२ हजार नाघेको छ ।

विगत २४ घन्टामा विश्वभर ५ हजार ५ सय ५९ जनाको ज्यान गएको छ । विश्वभर करिब ४५ हजार ४ सय ४० जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ५६ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार बेलायतमा ३५ हजार ३ सय ४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ५ सय ४२ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९३ हजार ५ सय २३ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ । संक्रमितमध्ये ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ । भारतमा ६ हजार १ सय ४१ जना नयाँ संक्रमित थपीएका छन् ।

४२ हजार ३ सय ९ जना उपचारपछि घर फर्किएका छन् । उता पाकिस्तानमा पछिल्लो २४ घन्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएका छन् ।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९ सय ३९ जनाको ज्यान गएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *