विराटनगर

कोरोना बारे गलत सूचना फैलाउने पक्राउ

बिराटनगर ७ वैशाख । कोरोना भाइरसको संक्रमणबारे गलत हल्ला फैलाएको आरोपमा इलामको फाकफोकथुम गाउँपालिका–७ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाएको भन्दै २४ वर्षीय सन्दीप योङहाङलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले हिजो फेसबुकमा इलामको बिब्ल्याँटेमा एकजनामा कोरोना संक्रमण भेटिएको गलत सूचना पोस्ट गरेका थिए ।

सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले तथ्यहीन र भ्रामक प्रचार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।इलाममा हालसम्म कोरोना संक्रमित कोही भेटिएको छैन । शंकास्पद बिरामीहरुको परीक्षण भइरहेको छ ।

तर कसैलाई पनि कोरोना पोजिटिभ भएको पुष्टि भएको छैन । कतिपय क्वारेन्टाइनमा बसिरहेका छन् ।यस्तो अवस्थामा जनमानसमा गलत हल्ला फैलाएर त्रसित बनाएकाले ती युवकलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यस्ता खाले आतंकित बनाउने सूचना प्रवाह गर्नेहरुको निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *