अन्तराष्ट्रिय

कोरोना बाट २३ लाख बढी संक्रमित

विराटनगर, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २३ लाख बढी संक्रमित भएका छन् । २ सय १० देशमा फैलिएको भाईरसका कारण आज विहान सम्म २३ लाख २९ हजार ३० जना संक्रमित भएका छन् ।

१ लाख ६० हजार ५ सय २२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ९५ हजार पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ३८ हजार ९ सय ७४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ७ लाख ३७ हजार ९ सय २१ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ७७ हजार ९ सय २५ पुगेको छ । स्पेनमा २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९४ हजार ४ सय १६ पुगेको छ ।

त्यस्तै युरोपेली मुलुक फ्रान्समा १९ हजार २ सय २३ र बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ सय २१ पुगेको छ । त्यहाँ १५ हजार ७ सय २२ जना संक्रमित मध्ये २ हजार ४ सय ६३ जना उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तानमा संक्रमितको संख्या ७ हजार ६ सय ३८ पुगेको छ जहाँ १ सय ४३ जनाको मृत्यु भएको छ । बंगलादेशमा संक्रमतिको संख्या २ हजार १ सय ४४ पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *