अन्तराष्ट्रिय

कोरोना फैलिने आशंकामा ताजमहल बन्द

बिराटनगर ४ चैत । भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ ।

संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक पुग्ने ऐतिहासिक स्थल अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।

ताजमहलमा दैनिक करिब ७०,००० पर्यटकहरु पुग्ने गरेको बताईएको छ ।महामारी फैलिन नदिन अन्य ऐतिहासिकस्थल तथा संग्रहालय पनि सरकारले बन्द गरेको भारतिय संचारमाध्यमले जनाएको छ ।

अहिलेसम्म भारतमा ‘कोभिड–१९’ का कारण तीनजनाको मृत्यु भएको छ भने १२६ जना संक्रमित भेटिएको बताईएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *