अन्तराष्ट्रिय

कोरोनाका २ लाख ४८ हजार ७ सय भन्दा बढीको मृत्यु

विराटनगर, २२ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २ लाख ४८ हजार७ सय ७१ जनाको मृत्यु भइसकेको छ । ३५ लाख ८५ हजार संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ६ सय ६ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ । इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघिसकेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ ।

जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ५८१ कोरोना संक्रमित थपिएका छन् । रुसी कोरोना भाइरस रेस्पोन्स हेडक्वाटरले आज जारी गरेको नयाँ तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार ५०० कोरोना संक्रमित थपिएका छन् ।

आइतबार रुसमा १० हजार ७९ कोरोना संक्रमित थपिएका थिए । रुसमा कोरोना प्रकोप सुरु भएदेखि नै आज संक्रमितको संख्यामा दोस्रो ठूलो वृद्धि भएको बताइएको छ । हालसम्म रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३५६ पुगेको छ भने १८ हजार ९५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

केही सातायता रुसमा देखिएका जम्मा कोरोना संक्रमितमध्ये करिब आधा संक्रमितहरुमा लक्षण नदेखिएको बताइएको छ । देशभर देखिएका कोरोना संक्रमितमध्ये आधा संक्रमितहरु राजधानी मस्कोमा देखिएका बताइएको छ । रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार ६ सय ७० पुगेको छ । १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *