राष्ट्रिय

कोरोनाका कारण राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ७ चैत । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताईएको छ ।

हिजो सभाको बैठक बसेको भएपनि राष्ट्रिय सभाका अध्यक्षले आजबाट अनिश्चत समयका लागि बैठक स्थगित गर्नुभएको हो । बुधबार मात्र सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा आज बस्ने भनिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन गर्नुभएको राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले जानकारी दिनुभयो ।राष्ट्रिय सभाको बैठक स्थगनसँगै संघीय संसदका दुबै सदनको बैठक स्थगित भएको छ ।

यो भन्दा अगाडीनै प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिसकिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *