समाचार

किसानलाई कृषि औजार वितरण

विराटनगर, १५ असार । मोरङको बेलबारी नगरपालिकाले नगरपालिका भित्रका किसानलाई कृषि औजार वितरण गरेको छ । नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै नगरलाई गोरुबाट जोत्ने पद्धतिका ठाउँमा मेसिनबाट काम गर्ने वातावरण बनाउन यो अभियान थालेको जनाएको छ ।

प्रदेश १ सरकार र धनकुटा नगरपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत साझेदारीमा नगरभित्रका १६ वटा कृषक समूहलाई कृषि औजार वितरण गरिएको बेलबारी नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहालले बताउनुभयो ।

नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर र मकै छोडाउने औजार वितरण गरिएको नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर मेसिन तथा ५ जनालाई मिनिटिलर बितरण गरीएको सुवेदीले बताउनुभयो ।

परम्परागत रूपमा चल्दै आएको कृषि व्यवसायलाई आधुनिकतामा रुपान्तरण गर्दै कृषकको आय आर्जनमा वृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *