प्रदेश १ राजनीति विराटनगर

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : कोइराला

विराटनगर, २८ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्नुभएको छ । आज विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गर्नुभयो ।

कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो । आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उहाँको भनाई छ । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो ।

कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताउनुभयो । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको कोइरालाको ठम्याइ थियो । कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गर्नुभयो । कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गर्नुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *