प्रदेश १ मुख्य समाचार राष्ट्रिय विराटनगर

ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोनाको कारण स्थगित

विराटनगर, २७ असार । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा स्थगित भएको छ ।

कोरोना भाइरस (कोभिड १९) ले पारेको प्रभावका कारण रथयात्रा स्थगित हुने रथयात्रा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

वि.स. १९८८ सालबाट खट यात्राबाट शुरु भएको ऐतिहासिक यात्रा वि.स. २०२५ सालबाट रथयात्राका रुपमा निरन्तर सञ्चालन हुदैँ आएको थियो ।

नेपाल लगायत भारतका विभिन्न स्थानबाट ५ लाख बढि भक्तजनहरुले अवलोकन गर्दै ाएका थिए । यस वर्ष साउन २८ गते निकालिने रथयात्रा कोरोना भाइरसको प्रभावका कारण स्थगित हुने भएको हो ।

यस वर्षको झुलन महोत्सव, कृष्ण जन्माष्टमी र राधाकृष्ण रथयात्रा कार्यसमितिले निर्देशित गरेका पण्डित तथा कार्यसमितिबाट चुनिएका कार्यसमिति तथा व्यवस्थापन समितिका पदाधिकारीबाट आन्तरीक रुपमा सम्पन्न गर्ने बताइएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *