समाचार

एलिट क्लव र सरोकारवालाहरु बिच सम्वाद

विराटनगर, १९ असार । एलिट क्लव विराटनगरले प्रस्तावित नागरिकता विद्येयक र महिला अधिकारको विषयमा सरोकारवालहरु बिच संवाद गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिले मुल विधेयकमा संशोधन गर्न पेश गरेको प्रतिवेदन व्यवस्थाको दफा ५(१) मा रहेको नेपाली नागरिकसँग वैवाहिक सम्बन्धको विषयलाई पहिलो प्राथमिककतामा राख्दै संवाद गरिएको क्लवका अध्यक्ष विश्वनाथ रिजालले जानकारी दिनुभयो ।

संवादमा अधिवक्ता रामलाल सुतिहारले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंङ्गीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायीय वसोवास गरेको रहेछ भने निजले नेपालको अंङ्गीकृत नागरिकता प्राप्त गर्ने सक्ने विषयलाई थप प्रस्ट पार्नुभएको थियो ।

उहाँले संसदीय समितिबाट पारित सो प्रावधान स्वागत योग्य रहेको समेत बताउनुभयो । कार्यक्रममा विराटनगर महागरपालिकाका मेयर भीम पराजुली, समाजसेवी तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *