प्रदेश १

एलिट क्लबको आयोजनामा मुलुकको अर्थतन्त्रका विषयमा अन्तरक्रिया

विराटनगर, २६ वैशाख । विराटनगरका बौद्धिकहरुको संस्था एलिट क्लबको आयोजनामा शुक्रबार कोरोना महामारीबाट आहत मुलुकको अर्थतन्त्र कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोरोनाका कारण मानिसहरु घरबाट निस्किन डराइहेको बेला सामाजिक दुरी कायम गर्दै विराटनगर महानगरपालिकाको हलमा गरिएको अन्तरक्रियामा शैक्षिक, बैकिङ, उद्योग व्यापार, सामाजिक, राजनीतिक आदि विविध पक्षका प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

क्लबले हरेक साता शुक्रबार समसायिक विषयमा छलफल र अन्तरक्रिया आयोजना गर्दै आएकोमा कोरोनाको महामारी फैलिएपछि आमनेसामने छलफल बन्द भएको थियो ।

मुलुक बन्दाबन्दीको अवस्थामा गएपछि अनलाइनको माध्यमबाट विभिन्न क्षेत्रका व्यक्तित्वसँग छलफल चलाइहेको क्लबले देशमा बजेट र योजना बनाउने बेलामा सरकारलाई सहयोग पुगोस भन्ने उद्देश्यले प्रतिकूल अवस्थामा सामाजिक दुरी कायम गर्दै आवश्यक सावधानीका साथ अन्तरक्रिया गरेको क्लबका महासचिव यज्ञप्रसाद शर्माले बताउनु भएको छ ।

क्लबका अध्यक्ष विश्वनाथ रिजालको स्वागत मन्तव्यपछि सुरु भएको सो कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् अर्थशास्त्री डा. भेषप्रसाद धमलाले विषयवस्तु प्रस्तुत गर्नु भएको थियो भने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको विशेष उपस्थिति रहेको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *