प्रदेश १ राजनीति विराटनगर

एमसीसी खारेजीको माग गर्दै अनेरास्ववियूद्धारा विराटनगरमा प्रर्दशन

विराटनगर, १० असार । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) खारेजीको माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ ।

अनेरास्ववियू निकट विद्यार्थीहरुले एमसीसीमा उल्लेख भएका वुँदा विवादास्पद भएकाले यसलाई सच्याउनु पर्ने भन्दै प्रदर्शन गरेका छन् ।

उनिहरुले सदन राष्ट्रघात निर्णय गर्ने ठाउँ होइन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सरकार भिख मागेर समृद्धि आउँछ ? के ५५ अर्व नेपालको स्वाधीनता र स्वाभिमानको मुल्य हो ? लगायत लेखिएका प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।

उनिहरुले निरन्तर खबरदारी गर्ने बताएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *