अर्थ तथा बणिज्य विराटनगर

उद्योग आंशिक मात्रै संचालनमा

विराटनगर, २७ वैशाख । विराटनगरका उद्योगीले सरकार, प्रशासन र उद्योगीबीच समन्वय नहुँदा उद्योग सञ्चालन गर्न गाह्रो परेको बताएका छन ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ६० प्रतिशत उद्योगहरू आंशिक रूपमा बढीमा ३० प्रतिशत क्षमतामा सञ्चालन हुन थालेको तर प्रहरी, प्रशासनले सहयोग नगरेको उनीहरूको आरोप छ । सरकारले एकतर्फी रूपमा मापदण्ड बनाएको उद्योगीको गुनासो छ ।

सरकारले ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेपछि यस क्षेत्रका उद्योगहरू खुल्न थालेका हुन् । तर सरकारको मापदण्ड व्यवहारमा लागु गर्न समस्या भएका कारण सबै उद्योग खुल्न नसकेको र खुलेका पनि आंशिक रूपमा मात्र सञ्चालन गरिएको उद्योगीले बताएका छन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारले उद्योगी, ढुवानीकर्ता र आफ्ना सम्बन्धित एजेन्सीसमेतको संयुक्त बैठक गराएर उद्योग सञ्चालनको मापदण्ड तयार गर्नुपर्ने बताउनुभयो । उहाँले मजदुरलाई उद्योग वा स्थानीय निकायको समन्वयमा सार्वजनिक स्थलमा राख्न सम्भव नभएको बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले निर्देशिका जारी गरेर आवश्यक शर्तसहित पसल, यातायात र ढुवानी खोल्न दिनुपर्ने माग गर्नुभयो । सरकारको निर्णयपछि मोरङ र सुनसरीका जुट उद्योग पनि खुल्न थालेका छन ।

नेपाल जुट उद्योग संघका राजकुमार गोल्छाको सञ्चालनमा रहेको अरिहन्त मल्टिफाइबर्स खुलिसकेको छ भने रघुपति जुट मिल्सलाई प्रशासनले स्वीकृति दिएको छैन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *