प्रदेश १ विराटनगर

ईस्लामी संघद्धारा २ सय ८६ घर परिवारलाई राहत वितरण

विराटनगर, २३ वैशाख । ईस्लामी संघ नेपाल प्रदेश न. १ ले मोरङ्गका २ सय ८६ घर परिवारलाई राहत वितरण गरेको छ ।

विराटनगर १५ का एक सय परिवार, विराटनगर ६ मा १ सय १० परिवार, जहदा गाउपालिकाका ४६ परिवार, सुनवर्षी नगरपालिका वडा न. ९ का ३० परिवारलाई राहत वितरण गरेको ईस्लामी संघका केन्द्रिय सदस्य तथा प्रदेश १ का निवर्तमान अध्यक्ष मोहम्मद अफजल हुसैनले जानकारी दिनुभयो ।

प्रतिपरिवार १० केजी चामल, ५ केजी पिठो, ५ लिटर तेल, ३ केजी दाल,५ केजी चिनी, २ केजी पास्ता र २ केजी नुन वितरण गरिएको आरिफ शेखले जानकारी दिनुभयो ।

लकडाउनका कारण गरिब तथा बिपन्न मुस्लिम समुदायलाई रमजानको समयमा समस्या नपरोस भनेर राहत वितरण गरिएको ईस्लामि संघ प्रदेश न. १ का अध्यक्ष तथा मुस्लिम आयोगद्वारा गठित कोरोना समबन्धि जागरण तथा अनुगमन समितिका मोरङ्ग जिल्ला संयोजक जुल्फकार अलिले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *