समाचार

इटहरीमा आधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा

विराटनगर, १६ फागुन । सुनसरीको इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौं जानु पर्ने बाध्यता हटेको बताउनुभयो ।

सो अस्पतालमा उपचार हुन नसक्ने बिरामीको लागि बिराटनगर स्थित विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै त्यहाँबाट रेफर गरेर पठाइने बिरामीको विराट अस्पतालमा सबै किसिमको उपचार हुने समेत उहाले बताउनुभयो।

प्रधानसेनापति थापाले अहिले सो अस्पतालमा बहालवाला सेना तथा उनिहरुका आश्रितपरिवारको मात्र उपचार हुने भए पनि पछि त्यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताउनुभयो ।

हाल सो अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *