ताजा खबर समाचार स्वास्थ्य

आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए

बिराटनगर- नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ। गत २४ घण्टामा मात्र २ हजार २० जना थपिएसँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको हो

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तु र गुल्मी ६÷६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ र रोल्पामा ९ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, सुदूरपश्चिमको अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ३ सय ३ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *