ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज शुक्रबार एकैदिन १३५६ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ।

शुक्रबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन्।

देशभर ७४६२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन्।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *