समाचार

आज राती १२ वजेपछि गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल गर्ने तयारी

तीन दिनदेखि उपचाररत विरामीमा देखियो कोरोना
सप्तरी,
आज राती १२ वजेपछि गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल गर्ने तयारी
राजविराज, ९ गते । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सि वार्ड आज राती १२ वजेपछि सिल हुने भएको छ ।

अस्पतालमा उपचाररत एक जना विरामीमा कोरोना संक्रमण देखिएपछि उक्त वार्ड सिल गर्ने निर्णय गरिएको हो ।

इमरर्जेन्सि वार्डमा उपचाररत तीलाठि कोईलाडि गाउँपालिकाका २ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए ।

विषादी सेवनका कारण करिव ३ दिनदेखि इमरर्जेन्सीमा रहेका ति पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाईएको यादवले जानकारी दिए ।

यसअघि एक जना नर्स र एक जना स्विपरमा पनि कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा तनाव भएको थियो । लगत्तै अस्पतालका चिकित्सक र कर्मचारी सहित कुल १ सय ७६ जनाको स्वाव संकलन गरी परिक्षणका लागि विराटनगर स्थित कोशी अस्पताल पठाईएकोमा सवैको रिपोर्ट नेगेटिभ आएपछि पुनः विरामीमा कोरोना संक्रमण देखिएको हो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *