ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

बिराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ। ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन्।

१० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *