राष्ट्रिय

आज देखी स्वास्थ्य उपकरण सातै प्रदेशमा

काठमाण्डौ १७ चैत । सरकारले चीनबाट किनेर ल्याएका स्वास्थ्य उपकरण सातै प्रदेशमा पठाएको छ ।

विराटनगरमा र सुर्खेत नेपाली सेनाको हेलिकप्टर र अरु प्रदेशका राजधानीमा गाडीबाट सामान पठाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाका अनुसार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र एन–९५ मास्क एक एक हजार थान पठाइएको श्रेष्ठले बताउनुभयो ।यस्तै, दश हजार थान सर्जिकल मास्क, चार हजार किलो क्लोरिन र १० थान थर्मल गन पनि प्रदेश सदरमुकाममा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

सो स्वास्थ्य उपकरण हिजो चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *