प्रदेश १

अप्रेशन थिएटरबाट बिरामी निकाल्ने अस्पताललाई कारवाही गर्न माग

विराटनगर, २१ वैशाख । उदयपुर घर भएकै कारण नोबेल मेडिकल कलेज विराटनगरले दुई जना बिरामी अप्रेशन थिएटरबाट निकालिदिएपछि अस्पताललाई कारवाही गर्न उदयपुरका जनप्रतिनिधिहरूले माग गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उदयपुर घर भएकै कारण उपचार नपाएपछि प्रदेशसभा सदस्य विमल कार्की र नारायण बुर्जामगर र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले अस्पताललाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ ।

नोबेल मेडिकल कलेजले बुधबार उदयपुरको त्रियुगा नगरपालिका ११ की २९ वर्षीया सरस्वती रौनियारलाई अप्रेशन थिएटर बाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो । शुक्रबार पनि उदयपुर त्रियुगा नगरपालिका– ६ का भीमबहादुर खत्री लाई पनि अप्रेशन थिएटरबाट निकालिएक थियो ।उदयपुर घर भएकै कारण यसअघि पनि बिरामी भर्ना लिइएको थिएन ।

नगर प्रमुख चौधरीले स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक र संविधान प्रदत्त अधिकार भएकाले अप्रेसन थिएटरबाट विरामी निकाल्ने नोबेल मेडिकल कलेजलाई तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो ।

१ नम्बर प्रदेशसभा सदस्य विमल कार्कीले बिरामीलाई बहानाबाजी गरेर उपचारबाट बञ्चित गर्न नहुने बताउनुभएको छ ।उदयपुर घर भएकै कारण विरामीको उपचार नगर्नु अपराध भएको बताउँदै उहाले कारवाही गर्न माग गर्नुभयो ।

प्रदेशसभाका अर्का सदस्य नारायण बुर्जा मगरले प्रसूति गराउनुपर्ने जस्तो गम्भीर विरामीलाई उदयपुर घर भएकै कारण रेफर गर्नु गम्भीर घटना भन्दै कारवाही गर्न माग गर्नुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *