समाचार

अतिविपन्न ६० जनालाई राहत स्वरुप खाद्यन्न वितरण

विराटनगर, २७ जेठ । मासु व्यवसायी संघ मोरङले विराटनगर १२ का अतिविपन्न ६० जनालाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । विराटनगर–१२ स्थित संघको कार्यालयमा मासु व्यवसायी संघ मोरङले आज राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।

मासु व्यवसायी संघ मोरङका सदस्यहरुबाट संकलन गरिएको रकमबाट १२ किलो चामल, १ किलो दाल, १ किलो आलु, १ किलो प्याज, आधा लिटर खाने तेल, र नुन लगायतका खाध्यान्न राहत स्वरुप वितरण गरिएको संघका अध्यक्ष शुभासचन्द्र सिवाकोटीले जानकारी दिनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *